दसैंसम्म निषेधाज्ञा कायम गर्नैपर्ने उपत्यकाका सिडिओको प्रस्ताव
नुवाकोट । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिलेको निषेधाज्ञा लम्ब्याउनुपर्ने तर्क राखेका छन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा उनले निषेधाज्ञा आगामी दसैंसम्मै गर्नुपर्ने बताएका हुन्। ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैसम्म निषेधाज्ञा गर्नैपर्छ।’
‘दसैंसम्म कुनै न कुनै रूपमा अलिकति केही खुकुलो बनाएर भए पनि निषेधाज्ञा कायम गर्नैपर्ने हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखे । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
तीजमा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण कम फैलिएको तर्क भट्टको थियो। त्यतिबेला निषेधाज्ञा नभएको भए संक्रमण दर झन् तीव्र हुनसक्ने अनुमान गर्न सकिने उनको भनाइ थियो। त्यस्तै, काठमाडौंका सिडिओ जनकराज दाहालले भने निषेधाज्ञा खोल्नुपर्ने मत राखेका थिए। ‘रोगले भन्दा पनि भोकले मान्छे मर्ने अवस्था आएको छ। अब लिभिङ विथ कोरोनामा जानुपर्छ’, उनको भनाइ थियो।
उनले सीमा नाकामा सेना परिचालन गर्नुपर्ने तर्क राखेका थिए। प्रहरीले मात्रै सबै काम गर्न नसक्ने उनको भनाइ छ।बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया