विदुर नगरपालिका भ्रष्ट्राचार लुकाउन बहानाबाजी र प्रचारबाजी गदै

विदुर खबर २०७७ भदौ १९ गते १९:४३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका भ्रष्ट्राचार लुकाउन यतिवेला बहानाबाजी र प्रचारबाजीमा उत्रिएको छ ।

Advertisement

नगरपालिकाले महालेखा परीक्षकको प्रतिवेदनले देखाएको अनियमितता छोप्न महालेखाको प्रतिवेदन झुटो देखाउने प्रयास गरेको छ । नगरपालिकाले केही मिडियाको प्रयोग गरेर महालेखा परीक्षकको प्रतिवेदन नै झुटो रहेको भन्दै प्रचार गराइरहेको छ । नगरपालिकाले आफ्नो कमजोरी स्वीकार्ने र सुधारर्ने भन्दा पनि उल्टै महालेखाको प्रतिवेदन गलत भन्दै आफु निकटका केही अनलाइनलाई प्रयोग गर्देसमाचार लेखाउने काम गरिरहेको छ ।

महालेखाले औँल्याएको विषय सुधार्नुको साटो नगरपालिकाले यसअघि पनि तीनचार पत्रकार राखेर पत्रकार सम्मेलन गरेर स्पष्ट पारेको नाटक गरेको थियो । त्यस्तै अर्को नाटक विदुरमा आज मञ्चन गरिएको छ । आफ्नो पक्षमा समाचार लेख्न प्रयोग हुने केही पत्रकारहरू भेला गरेर महालेखाको प्रतिवेदन नै गलत रहेको भन्दै उनीहरूले थप प्रचार गरेका छन् । महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदनमा विदुर नगरपालिकामा नौलो खालको अनियमितता भएको उल्लेख गरिएको छ । केही महिनाअघि सार्वजनिक भएको उक्त प्रतिवेदनमा विदुर नगरपालिकाले उपभोक्ता समितिका नाममा चाहिने भन्दा चार गुणा बढी स्टमेट गराएर उपभोक्ता समितिलाई योजना सम्झौता गराएर उक्त समितिले ठेकेदार मार्फत चार गुणा कममा ठेक्का लगाएर पैसा भुक्तानी गरेको उल्लेख छ ।

Advertisement

विदुर नगरपालिकाले करिब १२ लाखमा सम्पन्न हुने कामका लागि करिब ५३ लाखको लागत स्टिमेट गरेको पाइएको छ । महालेखाको प्रतिवेदनामा उल्लेख गरिए अनुसार उपभोक्ता समितिको काम ठेकेदारबाट गराएर गरिएको यो सबैभन्दा ठूलो अनियमितता हो । प्रतिवेदनमा २ दुई स्थानामा डीप बोरिङ्ग कार्य सञ्चालन गर्ने कार्यको लागि रू ५२ लाख ७६ हजारको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग रू ४९ लाख ८० हजार व्यहोर्ने गरी सम्झौता गरेको र उक्त समितिले ११ लाख ९८ हजारमा स्थानीय निर्माण व्यवसायीलाई ठेक्का दिएको उल्लेख छ ।नगरपालिकाको नेतृत्वले पहिल्य नै उपभोक्ता समिति मार्फत कमिसन पक्का गरेर लागत स्टेमेट गरी सम्झौता गरेको प्रष्ट देखिन्छ । स्थानीय सरकारका नाममा क्रियाशिल स्थानीय तहमा हुने नमुनायुक्त भ्रष्टाचारको यो एउटा उदाहरणमात्र हो । जनप्रतिनिधिहरूनै ठेकेदारी पेशाबाट आएका स्थानीय तहमा अझ अनियमितताको चाङ छ । स्थानीय तहको विकास र जनताको माग सम्बोधन भन्दा पनि कमिसनमा ध्यान केन्द्रीत गरेर नीति बनाउने र सोही अनुसार राज्य स्रोतमा बह्मलुट मच्चाउने काम निरन्तर चलिरहेको छ ।

महालेखाको प्रतिवेदनमा ८३ नम्बर बुँदा र १८३ नम्बर बुँदामा उल्लेख भएको एउटै व्यहोराको विषय छ । महालेखाले दुबै बुँदामा डिपि बोरङको काम गर्दा अनिमित तरिकाले काम गरेको उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनमा उपभोक्ताको काम ठेकेदारलाई दिएर यसरी बह्मलुट मच्चाएको उल्लेख गरिएको छ ‘सर्भे तथा डिजाइन नगरी विदुर नगरपालिकाले २ दुई स्थानामा डीप बोरिङ्ग कार्य सञ्चालन गर्ने कार्यको लागि रू ५२ लाख ७६ हजारको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग रू ४९ लाख ८० हजार व्यहोर्ने गरी सम्झौता गरेको र उपभोक्ताले एक निर्माण कम्पनीलाई ठेक्का दिइ काम गराएको देखियो । सो कार्यको निर्माण सम्पन्न हुँदाको नापी रू ४२ लाख ६० हजारमा उपभोक्ता समितिलाई ३४ लाख ४४ हजार भुक्तानी दिएकोमा उपभोक्ता समितिले प्रतिमिटर रू १० हजारका दरले ६६ मिटर र ४२ मिटरका दुई डीप बोरिङ्ग कार्यको लागि रू ११ लाख ९८ हजार निर्माण व्यवसायीलाई भुक्तानी दिएको छ ।

                  पत्रकार सम्मेलन गर्दे वैकल्पिक खानेपानी तथा डिपबोरिड निर्माण समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु ।

Advertisement

शुक्रवार विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिले पनि पत्रकार सम्मेलनको आयोजना गरि पानीमाथि ओभानो हुने कोशिस गरेको छ । वैकल्पिक खानेपानी तथा डिपबोरिड निर्माण समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले योजना सम्पन्न हुँदासम्मको सम्पूर्ण आम्दानी खर्च समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनका अनुसार यो योजनामा अहिलेसम्म १ करोड १८ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । त्यसमा अझै ६ लाख २० हजार तिर्नै बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया