नेकपा तारकेश्वर गाउँपालिकाको एकीकरण शुरु
विदुर खबर
२०७७ भदौ १९ गते १३:४८

विदुर । नेपाल कम्युनिष्ट पार्टी तारकेश्वर गाउँपालिका वडा नम्बर १, ५ र ६ को एकिकरण सम्पन्न भएको छ ।
गोर्रस्याडको मानेडाँडामा पार्टीको एकीकरण सम्पन्न भएको नेकपा तारकेश्र गाउँपालिका कमिटिले जानकारी दिएको छ । तत्कालिन नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी वनेको लामो समयपछि पालिका कमिट एक भएको हो ।
नुवाकोटमा कोरोना संक्रमणको हटस्पट बनेको तारकेश्वरमा संक्रमण बढेकै अवस्थामा पार्टी एकिकरण कार्यक्रम राखेको भन्दै केहीले भने असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया