नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय नजिक पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय नजिक पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकसय नजिक पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९७ पुगेको हो ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ पुरुषसहित एक बालिकामा कोरोना संक्रमणको पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा विदुर नगरपालिकाका ३२ वर्षिय एक पुरुष, शिववुरी गाउँपालिकाका २८ र ६९ वर्षिय दुई पुरुष र तादी गाउँपालिकाका एक बालिका रहेका छन् । उनीहरुको काठमाण्डौमा रहेका विरेन्द्र सैनिक अस्पताल छाउनीमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
यस्तै नुवाकोटमा ७६ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया