नुवाकोटको बट्टारमा चोरी गरेको आरोपमा २ जना पक्राउ

विदुर खबर २०७७ भदौ १८ गते २१:४८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा विदुर ४ बस्ने गोबिन्द परियार र बिकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई संकास्पद अवस्थामा भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई वालुवाटारका स्थानिय रमेश मिजारको घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुमाथि मिजारको घरमा यहि भदौ १४ गते रातको समयमा चोरी गरेको आरोप लगाइएको छ । त्यस्तै प्रहरीले चोरी गरेको सामान किनेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिइएकाहरुमा रामकृष्ण गिरी, बबिन शाही,नबराज कुमाल र रामकृष्ण लामा रहेको प्रहरील्े बताएको छ ।

Advertisement

चोरी गर्नेहरुले उमेश मिजारको पित्तल र तामाको गाग्रीे,ओपो मोबाईल फोन रामकृष्ण गिरीलाई बिक्री गरेका थिए भने बसपार्कमा रहेका मध्यपहाडी योजनाको अफिसमा राखिएको ल्यापटप र मोबाईल चोरी गरी बबिन शाही र नबराज कुमाललाई बिक्रि गरेका थिए । यस्तै उनीहरुले बट्टार बजारमा बस्ने निजामुद्दीन मोहमदको रेडमी कम्पनीको रेडमीे मोबाईल चोरी गरि रामकृष्ण लामालाई बिक्री गरेको बताइएको छ ।

फक्राउ परेका ६ जनालाई विभिन्न घटनामा संलग्न भएको हुनसक्ने आशंकामा जिल्ला अदालत नुवाकोटले ५ दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुलाई “चोरी तथा अपराधिक प्रबेश तथा अपराधिक उपद्रव” सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइ अनुसन्धान थालिएको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया