रसुवाको गतलाङ सेतो गाउँमा परिणत हुँदै

विदुर खबर २०७७ भदौ १८ गते २१:१८

रसुवा ।साविकको गत्लाङ गा.वि.स हाल आमाछोदिङमो गाउँपालिकामा रहेको कालो गाउँ जिल्ला कै शानको रुपमा परिचित भएतापनि भुकम्प पछि सेतो रङगीचङगी भइरहदा त्यस तर्फ कसैले पहल गरेको देखिदैन ।

Advertisement

यस कालो गाउँले अन्तराष्ट्रिय स्तरमा समेत रसुवा भनेर परिचित गराएको थियो परिचय बोकेको जिल्ला भित्रको कालो गाउँ २०७२ सालको विनाशकारी भुकम्प कारण गाउँलाई ठुलो क्षति पुग्यो र कालो गाउँको स्वरुप फेरियो र ढलान घर बन्यो छाना रङगी चङगी बन्यो त्यस पछिका दिनहरुमा पर्यटन क्षेत्रबाट लिने फाइदा त टाढै कुरा पछिल्लो पुस्तालाई फोटो देखाउनु पर्ने हुन्छ् ।

यस कालो गाउँलाई पुरानो स्वरुपमा फर्काउन आमाछोदिङमो गाउँपालिका लगाएतका अन्य सरोकार वालाहरुको जरुरी देखिन्छ आफ्नो जिल्लाको पहिचान लाई जिवन्त राख्न पहल गर्न जरुरी छ । २०५७÷०५८ साल तिर टि आर पि ले कालो गाउँ गतलाङलाई थप पर्यटकीय नगरी बनाउन होमस्टे, लगाएत बाटो बनाउन, पर्यटनलाई कसरी लोभ्याउन सकिन्छ भनेर विभिन्न खालका कार्यक्रमहरु गरेको थियो ।

Advertisement

यस कालो गाउँ गत्लाङमा आलु सिमि साग मुसुर कोदा लगाएतका अर्गानिक तरकारी लागएत मार्सि धान समेत उत्पादन हुन्छ विशुद्ध हरियाली बातावरण र फोटो खिच्न साइड सिनहरु पनि भरपुर मात्रामा छ । विदेशी भुमिका जान नपर्ने विदेशी नै लाखौ डलर खर्च गरेर हेर्न आउने यस ठाउँ अबका दिन देख्न नपाईने जसरी सेतो गाउँ बनेको छ ।

यस ठाउँका दिदि बैनिहरु तामाङ पहिचान बोकेको टोपी स्यामा पङगप पटुका, लगाएत पुरुषहरुले लगाउने उनिको लुगा बुनेर पनि जिविकोपार्जन गर्दछन । विशुद्ध तामाङ समुदाय रहेको गतलाङमा आफ्नो कला सस्कृतिमा पनि उतिकै धनी रहेकोले आफ्नो पहिचान लाई जिवन्त राख्न कालो गाउँलाई फर्काएर पहिलेकै अवस्थामा राख्न जरुरी छ ।

Advertisement

प्रकृतिको काखमा रहेको गतलाङ गाउँ कालो गाउँले परिचित थियो । नै यो बाटो भएर सोमदाङ, गणेश हिमाल जस्ता खानी लगाउत धार्मिक स्थल पार्वतीकुण्ड रहेको छ । अबाका दिनमा कालो गाउँलाई जिवन्त राख्न सकिएन भने हाम्रो पहिचान र संस्कृति हराएर जान्छ । गतलाङको आफ्नै महिमा र महत्व बोकेको र कालो गाउँले परिचित गतलाङको आलु सिमी साग भनेपछि सबैको मन प्रतिफुलित हुन्छ । अवका दिनमा यो सबै हराउने अवस्थामा पुगिसक्यो ।

भुकम्प अगाडी सम्मत अति राम्रो थियो त्यसपछिका दिनहरुमा सबै मासिरहेको छ । जव स्थानिय सरकार बनिसकेपछि ध्यान पुर्वक कालो गाउँलाई जिवन्त राख्न पर्ने हो तर कसैले वास्ता गरेको देखिदैन । नेपालको मान र जिल्लाकै शानको रुपमा रहेको कालो गाउँले परिचित परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ ले विश्व नै लकडाउन भएको अवस्था मा त झनै प्रभाव पारेको भए र स्वदेशी तथा विदेशीहरुको आवत जावत वन्द भयो तर लकडाउन हुनुभन्दा पहिले विदेशीहरु कालो गाउँ भनेर यहाँ को तामाङ संस्कृति हेर्न र प्रकृति सँग रमाउन लालाहीत हुन्थ्यो तर अव त्यो अवस्था भने रहेन पुरै कालो गाउँ रङगी विरङगी भएको छ । त्यस कालो गाउँ स्वदेशी तथा विदेशीको लागी रोजाईको गन्तव्यको रुपमा रहेको थियो । तामाङ कला संस्कृति परम्परागत शैलिको भेषभुषा बोलिचालीले त झन मन्त्रमुता नै थियो ।

अबका दिनहरुमा एका देशको क्या नै बनि सक्यो । त्यस ठाउँ राजधानीबाट एक दिनमा नै पग्न सकिन्छ । चारै तिर हरियाली वातावरण पहाड हिामालहरु प्रशस्त नै देखेर मन आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया