नुवाकोटमा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा चन्द समूहका कार्यकर्ता पक्राउ

विदुर खबर २०७७ भदौ १७ गते २०:४६

नुवाकोट। बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द समूहका एक सदस्यलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका–१३  बाराही बस्ने रामराजा पाण्डे पक्राउ परेका हुन् ।

Advertisement

पाण्डेले भदौ ७ गते बाराहीस्थित सडकको किनारमा पार्किङ गरिएको बा२क २२६० नम्बारको मेसिनमा आगजनी गरेको र उक्त स्थानबाट चन्द समूहको पर्चासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनलाई नुवाकोट जिल्ला अदालतबाट आगजनीसम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।

सोही घटनााम संलग्न बेलकोटगढी–३ का चन्द्रबहादुर तामाङ भने फरार छन् ।

Advertisement

 

प्रतिक्रिया