काठमाडौं उपत्यका पन्ध्र दिन कर्फ्यू लगाउन उपत्यका मेयर फोरमको सुझाव

विदुर खबर २०७७ भदौ १७ गते १६:११

नुवाकोट । काठमाडौं उपत्यका मेयर फोरमले १५ दिन कर्फ्यू लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई सुझाव दिएकाे छ। उपत्यकामा कोरोना संक्रमण तिव्र दरले बढेको भन्दै साे नियन्त्रण गर्न फोरमले उक्त सुझाव दिएकाे हाे।

Advertisement

उपत्यका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्फ्यू मात्रै अबको विकल्प रहेको बताए। उनले भने, ‘अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमणकाे स्थिती भयवह छ। त्यसलाई नियन्त्रण गर्न थोरैमा पनि १५ दिन कर्फ्यू लगाउनु पर्छ।’ अहिले नै निषेधाज्ञा खोलिएमा कोरोना संक्रमण रोक्न नसकिने उनको भनाई छ। अतिआवश्यक सामान खरिदको लागि निश्चित समय तोकिनु पर्ने उनको भनाई छ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले लागू गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ। त्यस अनुसार तीन प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त छलफल गरि के कसरी अघि बढ्ने निर्णय आजै गर्नेछ।

Advertisement

प्रतिक्रिया