शिवपुरी गाउँपालिकामा निषेधाज्ञा थप सात दिन थपियो

विदुर खबर २०७७ भदौ १६ गते २१:१०

नुवाकोट । पछिल्लो समयमा कोभिड-१९ को संक्रमण पुष्टी भएको शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा ७ दिनसम्मका लागि समय थप गर्दै भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ।

पासाङल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिकाको वडा नं १ र २, बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङ आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ ।

यस्तै, ककनी गापाको वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा पनि भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ।

प्रतिक्रिया