नुवाकोटका ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ भदौ १३ गते १७:०७

नुवाकोट । नुवाकोटका ६९ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल ८९ जना संक्रमितमध्ये ६९ जना कोरोना निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका शुक्रवार नुवाकोटका थप ३ जनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमा पन्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाका एक एक पुरुष र नुवाकोट घर भई काठमाण्डौ बसोबास गर्दे आइरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लामा रहेका २० जना कोरोना संक्रमितहरुमध्ये १२ जनाको त्रिशुली अस्पतालमा र ७ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया