पर्सामा मात्रै कोरोनाबाट ४८ जनाको मृत्यु

विदुर खबर २०७७ भदौ १३ गते १३:३५

वीरगन्ज वीरगन्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

Advertisement

वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति ११ः५५ बजे उनको मृत्यु भएको थियो । अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । राति ११ः४१ बजे मुग्लिङ पुग्दा उनको मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।यस्तै गएराति वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

Advertisement

यो सँगै वीरगन्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ । पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।बाँकी छिमेकी जिल्लाका बासिन्दा वीरगन्जमा उपचारका क्रममा ज्यान गुमाएकाहरु हुन् ।

प्रतिक्रिया