पञ्चकन्या गाउँपालिकामा कृषक कल सेन्टर स्थापना
विदुर खबर
२०७७ भदौ ९ गते १३:३६

नुवाकोट । घरमै बसिबसी कृषिका समस्या समाधान भन्ने नाराका साथ पञ्चकन्या गाउँपालिकाले “कृषक कल सेन्टर” स्थापना गरेको छ ।
जिल्लाम लामो समयदेखि भएको बन्दाबन्दीले खेतीमा आइपर्ने समस्या समाधानका लागि कृषकहरु अन्योलता सिर्जना उत्पन्न नहोस भन्ने अभिप्रायले कृषक कल सेन्टर स्थापना गरेको वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।
कल सेन्टरमार्फत किसानले कृषि सम्बन्धि विविध समस्या राख्न सक्ने र त्यसको समाधानका लागि कृषि प्राविधिक तथा कृषि विज्ञले कल सेन्टरमार्फत समस्याको समाधानका उपायहरु जानकारी गराउने तथा स्थलगत अवलोकन गरि समस्या समाधान गर्ने उदेश्य राखिएको छ ।
कृषक कल सेन्टरको प्रयोगको लागि 9881348136 नम्बरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष लामिछानेले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया