सिडेन नुवाकोटको सभापतिमा पर्वत डंगोल चयन

विदुर खबर २०७७ भदौ ८ गते १९:४७

नुवाकोट । नेपाली कांग्रेसको सुभेच्छुक संस्था (सेन्टर फर डिमोक्रेटीक इन्जिनियर्सर नेपाल) सिडेन नुवाकोटको सभापतिमा पर्वत डंगोल सर्वसहमत रुपमा चयन भएका छन् ।

Advertisement

सिडेनको विधान अनुसार सोमबार नुवाकोटको कार्यसमिति चयन गरिएको हो । चयन गरिएको कार्यसमिति ९ सदस्यीय रहेको नवर्निवाचित सभापति पर्वत डंगोलले विदुर खबरलाई जानकारी दिए । समितिको उपसभापतिमा टिकाराम तामाड, सचिवमा रविन्द्र भट्ट, कोषाध्यक्षमा पुस्कर शर्मा चयन भएका छन् ।

यस्तै समितिका सदस्यहरुमा निरञ्जन बजगाई,मनोज वाग्ले, मोतिमाया तामाड, विजय प्याकुरेल र विवश प्याकुरेल रहेका छन् ।
त्यस्तै सल्लाहाकारहरुमा सुर्दशन भण्डारी, महेश्वरनरसिंह केशी, राजन रिजाल, उपेन्द्र प्याकुरेल, सुरज लामा, सहन शाह, बद्री राजभण्डारी र प्रज्वल नेपाल चयन रहेका छन् ।

Advertisement

सिडेनको नवनिर्वाचित कार्यसमितलाई सबै प्रजातन्त्रवादी इन्जिनियरहरुलाई एकतावद्ध गर्दै संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्न कांग्रेस नुवाकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया