सिडेन नुवाकोटको सभापतिमा पर्वत डंगोल चयन
नुवाकोट । नेपाली कांग्रेसको सुभेच्छुक संस्था (सेन्टर फर डिमोक्रेटीक इन्जिनियर्सर नेपाल) सिडेन नुवाकोटको सभापतिमा पर्वत डंगोल सर्वसहमत रुपमा चयन भएका छन् ।
सिडेनको विधान अनुसार सोमबार नुवाकोटको कार्यसमिति चयन गरिएको हो । चयन गरिएको कार्यसमिति ९ सदस्यीय रहेको नवर्निवाचित सभापति पर्वत डंगोलले विदुर खबरलाई जानकारी दिए । समितिको उपसभापतिमा टिकाराम तामाड, सचिवमा रविन्द्र भट्ट, कोषाध्यक्षमा पुस्कर शर्मा चयन भएका छन् ।
यस्तै समितिका सदस्यहरुमा निरञ्जन बजगाई,मनोज वाग्ले, मोतिमाया तामाड, विजय प्याकुरेल र विवश प्याकुरेल रहेका छन् ।
त्यस्तै सल्लाहाकारहरुमा सुर्दशन भण्डारी, महेश्वरनरसिंह केशी, राजन रिजाल, उपेन्द्र प्याकुरेल, सुरज लामा, सहन शाह, बद्री राजभण्डारी र प्रज्वल नेपाल चयन रहेका छन् ।
सिडेनको नवनिर्वाचित कार्यसमितलाई सबै प्रजातन्त्रवादी इन्जिनियरहरुलाई एकतावद्ध गर्दै संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्न कांग्रेस नुवाकोटले आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया