किम्ताङमा गरिएको यो भिडले के शन्देश देला ?

विदुर खबर २०७७ भदौ ७ गते २१:२१

नुवाकोट । नेपालका अधिकांश जिल्ला अहिले दोस्रो चरणको लकडाउनले प्रभावित छ भने नेपालका अधिकांश जिल्लाहरु कोरोनाको उच्च जोखिममा छन् ।

Advertisement

तर जोखिममा रहेका जिल्लाहरुमा बुझे जानेका मानिसहरुले समेत सचेत नअपनाईदा यतिवेला नेपालका अधिकांश जिल्ला प्रभावित बनेका छन् । जसको परिणाम स्वरुप अहिलेसम्म नेपालमा ३१ हजा। ९ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन् भने एकसय ५० जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्ला समय कोरोनाको हटस्पट बन्दै गरेको नुवाकोटमा पनि कोरोना संक्रमितको संख्या ७७ जना कोरोना संक्रमित भेटिसकेका छन् ।

तर नुवाकोटमा दिनप्रतिदिन कोरोनाका संक्रमित भेटिएपनि नुवाकोटका विभिन्न स्थानिय तहले प्रहरी र प्रशासनलाई साथ नदिँदा नुवाकोट कोरोनाको डेन्जर जोनमा पर्न थालेको छ । यसैक्रममा यहि भाद्र ५ गते म्यागङ गाउँपालिकाको किम्ताङमा गरिएको कार्यक्रमले स्थानिय जनप्रतिनिधिले कोरोनालाई कसरी लिएका छन् भन्ने प्रष्ट संकेत गरेका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा कुनैपनि सार्वजिनक कार्यक्रम नगर्न गरेको आग्रहलाई गाउँपालिकाका अध्यक्ष आशा तामाङ र शान्ति तामाङले प्रहरी र प्रशासनलाई चुनौती दिएका छन् ।

आफ्नो आफन्तको निधन हुँदा गाउँ प्रबेस निषेध गरेको गाउँपालिकाले नेपाली कांग्रेसको कार्यक्रम भव्य बनाएर हुलहुज्जत गरेको भन्दै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको अहिले सामाजिक संजाल फेसबुकमा चर्काे आलोचना भएको छ । आफ्ना आफन्तको मृत्यु संस्कारमा जान प्रहरीले नदिएको तर पाटी प्रवेशको कार्यक्रममा भने प्रहरीले निर्वाध जान दिएको भन्दै स्थानियबासीले समेत असन्तुष्टी व्यक्त गरेका छन् । स्थानियहरुले पार्टी प्रबेशको नाममा जनताहरु भेला गाराउँदा समते प्रहरी चुप लागेर वसेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया