नुवाकोटका थप २ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ७६ पुग्यो

विदुर खबर २०७७ भदौ ६ गते १७:०९

नुवाकोट । नुवाकोटका थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा लिखु गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार लिखु गाउँपालिकाका २४ र ४७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

खनालका अनुसार हेटौडामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पाट पोजेटिभ देखिएको बताइएको छ । उनीहरु दुबै जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

Advertisement

जसमध्ये उपचार पश्चात ६२ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा १४ जना उपचाररत रहेको स्वास्थ कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया