नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो,विदुर डेन्जर जोनमा

विदुर खबर २०७७ भदौ ४ गते २१:०५

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका एकजना ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । सुचना अधिकारी खनालका अनुसार हालसम्म नुवाकोटका ५४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertisement

त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा गरि १९ जना कोरोना संक्रमितहरु उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय नुवाकोटमा दिनप्रतिदिन कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया