वाग्मती प्रदेशसभा उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण

विदुर खबर २०७७ भदौ १ गते १६:२५

नुवाकोट । बाग्मति प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertisement

उपसभामुखका स्वकिय सचिव एलिसा थापाले उपसभामुख तामाङलाई कोरोनाको संक्रमण भएको जानकारी दिइन् । काठमाण्डौ गएको समयमा एक विरामीसँग भेटघाटको क्रममा उपसभामुख तामाङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

उपसभामुख तामाङ आफ्नै घरको आइसोलेसनमा उपचाररत रहेको बताइएको छ । यससँगै नुवाकोटका हाइ प्रोफाइल व्यक्तिमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको हो ।

Advertisement

 

प्रतिक्रिया