कोरोना संक्रमितलाई पन्चकन्या गाउँपालिका प्रवेशमा रोक

विदुर खबर २०७७ साउन ३० गते २१:१३

विदुर । आजदेखि नुवाकोटको पन्चकन्या गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पाेट देखाउन पर्ने भएको छ ।

                                                                                              फाईल फोटो ।

Advertisement

गाउँपालिकाको शुक्रवार वसेको कार्यपालिकाको बैठकले पालिका प्रवेश गर्दा अनिवार्य रुपमा पिसिआर रिर्पाेट देखाएर मात्र प्रवेश गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पिसिआरको रिर्पाेट नेगेटिभ भएका व्यक्तिमात्र गाउँपालिका प्रवेश गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले शुक्रवार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका प्रवेश गर्ने जो कोहीले पनि गाउँपालिकामा प्रवेश गर्दा अनिवार्य रुपमा पिसिआर रिर्पार्ट देखाउनुपर्ने बताएका हुन् ।

पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा कोरोना संक्रमित देखिएको र स्थानियस्तरमा कोरोना संक्रमण देखिएको भन्दै गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पाेट देखाएर प्रवेश गर्नुपर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया