नुवाकोटमा दैनिक कोरोना संक्रमित बढ्दै, संक्रमितको संख्या ६८ पुग्यो

विदुर खबर २०७७ साउन ३० गते १९:०६

विदुर । नुवाकोटमा दैनिक कोरोना संक्रमितको संख्या भुसको आगो झै समुदायस्तरमा फैलन थालेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार शुक्रवार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका एक भैसी व्यापारमिा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनसार ईनारपाटीका ३७ वर्षिय एक पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

टेकु काठमाण्डौमा गरिएको पिसिआर परिक्षण्मा उनमा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । त्यस्तै नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertisement

संक्रमितमध्ये १५ जनाको त्रिशुली अस्पताल, ५ जनाको खरानीटार अस्पताल र ६ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया