भैसी व्यापारीमा कोरोना भेटिएपछि ईनारपाटी क्षेत्र सिल
विदुर । विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका एक भैसी व्यापारीलाई कोरोना संक्रमण भेटिएपछि ईनारपाटी सिल गरिएको छ ।
शुक्रवार नगरपालिकामा भएको सर्वपक्षिय बैठकले ईनारपाटी क्षेत्रलाई सिल गर्ने निर्णय भएको विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले जानकारी दिइन् । संक्रमित व्यक्तिबाट रोगको संक्रमण समुदायमा फैलन नदिन वडा नम्बर ६ लाई सिल गरिएको उपमेयर दाहालले बताइन् ।

यस्तो छ नगरपालिकाको विज्ञप्ती ।
उपमेयर दाहालका अनुसार पुर्वमा आपघारी चौतारादेखि ईनारपाटी चन्द्रज्योति सडक, पश्चिममा वडा कार्यालयदेखि महारानिहिडि, उत्तरमा देविघाट जलविद्युत जाने घुम्ती र दक्षिणमा चन्डिपोखरी क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ ।
यसैविच वडा नम्बर ६ मा उच्च सुरक्षा सर्तकता अपनाउन नगरपालिका, वडा कार्यालय र प्रहरी असफल भएको भन्दै ईनारपाटीका स्थानियहरुले सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि व्यक्ति गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका सदस्य तथा समाजसेवी राजकुमार आचार्यले नगरपालिका र वडा कार्यालयले सुरक्षा सर्तकता अपनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आचार्यले फेसबुकमा लेखेको विचार ।
उनले वडाभित्र निर्वाध रुपमा अपरिचित व्यक्ति प्रवेश गरिरहेकोले त्यसलाई रोक्न सबै मिलेर लाग्नुपर्ने बताए । उनले वडालाई कोरोनामुत्त बनाउन प्रहरी र प्रशासनले मात्र नसक्ने भन्दै सबैैले सुरक्षा सर्तकता अपनाउन पर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया