नुवाकोट प्रहरी मानविय सेवामा जुट्दै

विदुर खबर २०७७ साउन २८ गते १४:११

विदुर । कोरोना कहरकाबीच नुवाकोट प्रहरी भने सामाजिक काममा व्यस्त बनेको छ ।

Advertisement

लामो समयदेखि भएको लकडाउनका कारण जिल्ला अस्पताल त्रिशुलीमा भएको रगत अभावलाई नुवाकोट प्रहरीले लकडाउनको समयमा जिल्लामा भएको रगत आभवलाई कम गर्न र अस्पताल पुगेर रतदान गर्न नुवाकोट प्रहरीले प्रोत्साहन गरेको छ ।

बुधवार नुवाकोटको एकमात्र सरकारी अस्पताल त्रिशुली अस्पतालमा उपचारार्थ विरामीलाई अत्यावश्यक (O +ve) ओ पोजेटिभ २ पिन्ट रगत नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अभिनारायण काफ्ले र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी नायव निरिक्षक विकल भट्टराईले दिएर पुन्य कमाएका छन् ।

Advertisement

नुवाकोटमा भएको रगत अभावलाई पुर्ति गर्न नुवाकोट प्रहरीले यसअघि पनि रत्तदान गरेर सहयोग गर्दै आइरहेको छ ।

पछिल्लो समय नुपाकोटमा रगत अभाव हुन नदिन Blood On Request in Nuwakot नाम दिएर रगत अभाव भएको समयमा रगत संकलन गर्ने काम समेत भइरहेको छ ।

Advertisement

प्रतिक्रिया