चैनपुरका दुई दर्जन घर पहिरोको उच्च जोखिममा,सिडियोसहितको टोली घटनास्थलमा

विदुर खबर २०७७ साउन २७ गते २१:०८

चैनपुर । विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा पहिरोका कारण दुई दर्जन घर उच्च जोखिममा परेका छन् ।

Advertisement

वडा नम्बर १२ का वडाध्यक्ष सिताराम अर्यालले विना योजना तथा डिपिआर विना खनेको सडकका कारण दुई दर्जन घर पहिरोको उच्च जोखिममा परेका हुन् । गत फागुनमा वडाध्यक्ष सिताराम अर्यालले सो क्षेत्रका घरहरुको जोखिम मुल्याडकन नगरि सडक खनेपछि अहिले सो क्षेत्र पहिरोको उच्च जोखिममा परेका हुन् ।

गाउँका करिव दुई दर्जन घर पहिरोका उच्च जोखिममा परेसँगै आज नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्ले ,सशस्त्र प्रहरी गुल्म नमबर १९ का जनक सापकोटा, वडाअध्यक्ष सिताराम अर्याल लगायतको टोली पहिरो गएको क्षेत्रमा अवलोकनका लागि पुगेका थिए ।

Advertisement

पहिरो गएको क्षेत्रको अवलोकनका लागि आउनुभएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले तत्कालका लागि स्थानियलाई सुरक्षित स्थानमा स्थान्तरण गरि वसोवासको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले तत्कालको लागि प्रशासन र नगरपालिकाको सहयोगमा पहिरो गएको स्थानमा त्रिपाल ओछाएर राख्ने र केही समयपछि सो स्थानको मौगौभिक अध्ययन गरि सुरक्षित स्थानमा बस्न नहुनेहरुको लागि अन्यत्र सारिने बताउनु भयो ।

             पहिरो गएको स्थानको अवलोकनका लागि निस्किएका प्रजिअ ढकाल नेतृत्वको टोली ।

त्यस्तै जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले चैनपुरका दुई दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेकोले तत्काल उनीहरुलाई सुरक्षित स्थानमा बसोवासको व्यवस्थान मिलाउनुपर्ने बताउनुभयो ।यता पहिरो गएको स्थानमा यसअघि पनि अवलोकनका लागि पुगेका विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडाध्यक्ष सितारामअर्यालले पहिरो गएक स्थानियले तत्काल राहातको लागि प्रकृया अगाडी बढाउने बताए ।

Advertisement

तर स्थानियबासीहरुले भने सडक निर्माण भएदेखि नै आफुहरुले उपमेयर दाहाल, वडाध्यक्ष अर्याल लगायतको ध्यानाकर्षण गराएपनि आफुहरुको मागप्रति वेवास्ता गरेको गुनासो गरेका छन् । वडाध्यक्ष अर्याल र उपमेयरलाई कति पटक भनियो भनियो तर कहिल्यै समस्याको् समाधान गरेनन्, उल्टै हामीलाई तर्साउन खोज्छन् स्थानिय जगदिश रिमालले भने ।

फागुनमा खनेको सडक अझै सम्म पनि त्यसको विकल्प वडाले दिन सकेन उनले भ ने । हामीले त वेलैमा जोखिमको वारेमा जानकारी गराएका हौ , तर वडाध्उक्ष अर्यालले हाम्रो कुरा सुनेनन् रिमालल् गुनासो पोखे ।

पहिरोस्थलको अवलोकनका लागि पुगेका सिडियो सहितको टोलीसँग स्थानियले तत्काल समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । पहिरोका कारण समस्या परेका स्थानियबासी केही आक्रोसित समेत बनेका थिए । उनीहरुले वडाध्यक्ष अर्याल र उपमेयर दाहालले यसको जिम्मा लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया