नुवाकोटमा कोरोना संक्रमितको संख्या ६३ पुग्यो

विदुर खबर २०७७ साउन २७ गते १७:३१

विदुर । नुवाकोेटमा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज विदुर नगरपालिकाका एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार राष्टिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा कोराना पुष्टि भएको हो ।

त्यस्तै हालसम्म नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । त्यस्तै नुवाकोटका २१ जना कोरोना संक्रमितको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया