दुप्चेश्वर गाउाँपालिकाका एक वडाध्यक्षलाई कोरोना संक्रमण

विदुर खबर २०७७ साउन २६ गते २२:१३

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण भएको छ ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको नतिजा अनुसार कोरोना संक्रमण पुष्टि भएका दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधि रहेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिईन् । उनको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको छ।

यससँगै नुवाकोटमा पहिलोपटक जनप्रतिनिधि कोरोनाको सिकार भएका छन् । कोरोना भाइरसको संक्रमण स्थानिय स्तरमा फैलिसकेपछि नुवाकोटका १२ ओटै स्थानिय तहमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

हालसम्म नुवाकोटका ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने अस्पतालमा उपचारपश्चात ४० जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा २१ जना उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया