दुप्चेश्वर गाउाँपालिकाका एक वडाध्यक्षलाई कोरोना संक्रमण
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको नतिजा अनुसार कोरोना संक्रमण पुष्टि भएका दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधि रहेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिईन् । उनको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको छ।
यससँगै नुवाकोटमा पहिलोपटक जनप्रतिनिधि कोरोनाको सिकार भएका छन् । कोरोना भाइरसको संक्रमण स्थानिय स्तरमा फैलिसकेपछि नुवाकोटका १२ ओटै स्थानिय तहमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
हालसम्म नुवाकोटका ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने अस्पतालमा उपचारपश्चात ४० जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा २१ जना उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया