शिवपुरीका महिलालाई जवरजस्ती करणी गरेका दुई जना पक्राउ

विदुर खबर २०७७ साउन २६ गते २१:०७

विदुर । नुवाकोटको शिवपुरी गाउँपालिकाकी ३७ वर्षिय एक महिलालाई सामुहिक बलात्कार गरि भागेका दुई युवकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउमा पर्नेहरुमा शिवपुरी गाउँपालिका वडा नं.५ का रमेश पाख्रिन तामाङ र लिखु गाउँपालिका वडा नं.१ का भुपेश घले रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनीहरुले गत चैत २ गते शिवपुरीका एक महिलालाई आफ्नै घरमा सुतिरहेका अवस्थामा जबरजस्ति करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाईल फोन चोरी गरि भागेका थिए ।

उनीहरुलाई काठमाण्डाको बुढालिकण्ठ नगरपालिका वडा नं.८ तल्लो भंगालबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत नुवाकोटमा पेश गर्दा अदालतको आदेश अनुसार पुर्पक्षको लागी कारागार चलान गरिएको छ ।

Advertisement

प्रतिक्रिया