नुवाकोटमा कोरोना संक्रमित हुनेको संख्या ६१ पुग्यो

विदुर खबर २०७७ साउन २६ गते १९:०६

नुवाकोट । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेका छन् । चार जना मध्ये दुई जना समुदायस्तरमा फेला परेका छन् भने दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको हो ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाउँपालिकामा समुदायस्तरमा दुई जना र क्वारेन्टाइनमा एक जना संक्रमित भेटिएका छन् । त्यस्तै लिखु गाउँपालिकाको क्वारेन्टाइनमा एक जना संक्रमित भेटिएका छन् । स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेका अनुसार अहिलेको चार जना सहित नुवाकोटको कोभिड–१९ (नोबेल कोरोना भाइरस) बाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ । नयाँ भेटिएको चार जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । दुप्चेश्वरको तीन जलाई तादी गाउँपालिकाको खरानीटार अस्पतालको आइसोलेसनमा पठाउन लागिएको छ । त्यस्तै लिखुको एक जना त्रिशुली अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

दुप्चेश्वरमा फेला परेको दुई जना समुदाय स्तरकै हुनुले नुवाकोट असाध्यै जोखिममा रहेको भन्दै स्वास्थ्य कार्यालयले नागरिकहरुलाई थप सजग बन्न आग्रह गरेको छ । आज फेला परेको चार जना बाहेकनै नुवाकोटका २० जना कोरोनाको उपचारका लागि आइसोलेसनमा छन् । जसमा १६ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।

Advertisement

हिजो मात्रै नुवाकोटको विभिन्न स्थानबाट गरिएको १२१ जनाको स्वाब संकलनको नतिजा भने आएको छैन । विदुर नगरपालिकाबाट ९६ जनाको, किस्पाङ्ग गाउँपालिकाबाट ११ जनाको, बेलकोगढी नगरपालिकाबाट ६ जना र सुर्यगढी गाउँपालिकाबाट ८ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया