पात्ले खोलामा आएको बाढीले गेर्खु खोलामा एक घर पुर्यो, १० घर उच्च जोखिममा

विदुर खबर २०७७ साउन २६ गते १०:४१

विदुर । अविरल वर्षासँगै आएको बाढीले विदुर नगरपालिका वडा नम्बर १० को गेर्खुखोलामा रहेको एक घर पुरेको छ भने १० घर उच्च जोखिममा परेको छ ।

Advertisement

पात्ले खोलाबाट आएको बाढीले गेर्खु खोलाका स्थानिय रामहरि धमलाको घर पुरेको वडा नम्बर १० का वडा सदस्य विष्णु प्याकुरेलले जानकारी दिए । धमलाको घरमा अहिले नारायण न्यौपाने बस्दै आएका छन् । बाढी र पहिरोका कारण १० उच्च जोखिममा रहेको प्याकुरेलले विदुर खबरलाई जानकारी दिए ।

बाढी र पहिरोले पुरेको घरलाई निकाल्ने काम भइरहेको वडा सदस्य प्याकुरेलले बताए । बाढी र पहिरोका कारण उच्च जोखिममा परेका १० भन्दा बढी घर जोखिममा परेसँगै बस्न लायक नभएको स्थानिय सोहन धमलाले जानकारी दिए ।

Advertisement

बाढी र पहिरोले जोखिम बनाएको स्थानका स्थानियहरुलाई सुरक्षित अवस्थामा राखिएको वडा सदस्य प्याकुरेलले जानकारी दिए ।बाढी र पहिरोले रोपिएको धान खेतमा समेत क्षति पुराएको छ ।

प्रतिक्रिया