पात्ले खोलामा आएको बाढीले गेर्खु खोलामा एक घर पुर्यो, १० घर उच्च जोखिममा
विदुर । अविरल वर्षासँगै आएको बाढीले विदुर नगरपालिका वडा नम्बर १० को गेर्खुखोलामा रहेको एक घर पुरेको छ भने १० घर उच्च जोखिममा परेको छ ।
पात्ले खोलाबाट आएको बाढीले गेर्खु खोलाका स्थानिय रामहरि धमलाको घर पुरेको वडा नम्बर १० का वडा सदस्य विष्णु प्याकुरेलले जानकारी दिए । धमलाको घरमा अहिले नारायण न्यौपाने बस्दै आएका छन् । बाढी र पहिरोका कारण १० उच्च जोखिममा रहेको प्याकुरेलले विदुर खबरलाई जानकारी दिए ।
बाढी र पहिरोले पुरेको घरलाई निकाल्ने काम भइरहेको वडा सदस्य प्याकुरेलले बताए । बाढी र पहिरोका कारण उच्च जोखिममा परेका १० भन्दा बढी घर जोखिममा परेसँगै बस्न लायक नभएको स्थानिय सोहन धमलाले जानकारी दिए ।
बाढी र पहिरोले जोखिम बनाएको स्थानका स्थानियहरुलाई सुरक्षित अवस्थामा राखिएको वडा सदस्य प्याकुरेलले जानकारी दिए ।बाढी र पहिरोले रोपिएको धान खेतमा समेत क्षति पुराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया