नुवाकोटको सात स्थानीय तहमा निशेधाज्ञा जारी
नुवाकोट। समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि जिल्लाको ७ स्थानीय तहमा निशेधाज्ञा जारी गरिएको छ ।
शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि विदुर नगरपालिकाका, लिखु गाउँपालिकाका र सूर्यगढी गाउँपालिकाको सम्पूर्ण भूभागमा निशेधाज्ञा जारी गरिएको छ । यस्तै, बेलकोटगढी नगरपालिकाको ५,७, ८, १०, ११, १२ र १३ नम्बर वडा, पञ्चकन्या गाउँपालिकाको १, २ र ३ वडा, शिवपुरी गाउँपालिकाको ६, ७ र ८ वडा र ककनी गाउँपालिकास्थित पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा शनिबार मध्यरातदेखि १० दिन सम्मलाई लागू हुने गरी निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर नकिस्कनका लागि संकट व्यवस्थापन केन्द्रले आग्रहसमेत गरेको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकलसमेत) सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोलपम्प, ग्यास डिपो, औषधि पसल बाहेकका पसल, उद्योग, व्यवसायहरू विहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निशेधाज्ञाको समयमा दीर्घरोगीहरूका लागि आवश्यक औषधि सम्बन्धित स्थानीय तहलाई व्यवस्थापन गरिदिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आग्रहसमेत गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया