नुवाकोटमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, लिखुमा फेरि एक थपिए
विदुर खबर
२०७७ साउन २३ गते २१:५५
नुवाकोट । नुवाकोटमा आज थप एक जना कोरोना संक्रमित फेला परेको छ ।
जिल्लामा आज एकैदिन ८ जना संक्रमित थपिएका छन् । लिखु गाउँपालिका थानसिङका एक ३२ वर्षिय पुरुषमा कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
काठमाडौंमा रहदै आएका उनी केही दिनअघि भेटिएका लिखुका एक संक्रमितका साथी भएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य ७ जना संक्रमितहरुमा एक जना जबरजंग गणका आर्मी, एक जना त्रिशूली अस्पतालका स्वास्थ्यकर्मी, एक जना पञ्चकन्या गापा र ४ जना विदुर नपा कोलोनी क्षेत्रका हुन् ।
जिल्लामा हालसम्म ५४ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भईसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया