नुवाकोटमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, लिखुमा फेरि एक थपिए

विदुर खबर २०७७ साउन २३ गते २१:५५

नुवाकोट । नुवाकोटमा आज थप एक जना कोरोना संक्रमित फेला परेको छ ।

Advertisement

जिल्लामा आज एकैदिन ८ जना संक्रमित थपिएका छन् । लिखु गाउँपालिका थानसिङका एक ३२ वर्षिय पुरुषमा कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौंमा रहदै आएका उनी केही दिनअघि भेटिएका लिखुका एक संक्रमितका साथी भएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य ७ जना संक्रमितहरुमा एक जना जबरजंग गणका आर्मी, एक जना त्रिशूली अस्पतालका स्वास्थ्यकर्मी, एक जना पञ्चकन्या गापा र ४ जना विदुर नपा कोलोनी क्षेत्रका हुन् ।

Advertisement

जिल्लामा हालसम्म ५४ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भईसकेका छन् ।

प्रतिक्रिया