नुवाकोटमा समुदायस्तरमा कोरोना फैलियो

विदुर खबर २०७७ साउन २३ गते १६:४६

नुवाकोट। नुवाकोटमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको छ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार शुक्रबार कोरोना पुष्टि भएका सात जनामध्ये एक जना मात्र विदेशबाट आएका व्यक्ति हुन्।  विदुर नगरपालिकाका–६ जना र पञ्चकन्या गाउँपालिकाका–१ जना छन्। जसमा एक जना सेना र एक जना स्वास्थ्यकर्मी पनि छन्। पञ्चकन्या गाउँपालिकाका संक्रमित विदेशबाट आएका व्यक्ति हुन्। उनी विदेशबाट आएर क्वरेन्टिनमा बसेका थिए।

उनको पिसिआर रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि उनलाई घर पठाइएको थियो। पछि शंका लागेपछि पुनः परीक्षण गर्दा उनको कोरोना रिर्पोट पोजेटिभ आएको हो। त्यसैगरी विदुरका संक्रमितमध्ये चार जनाको कन्ट्रयाकट्रेसिङबाट फेला परेको हो। विदेशबाट आएका व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

Advertisement

जिल्लामा हालसम्म ५३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका कार्यालयले जनाएको छ। यसैगरी जिल्ला प्रशासन कार्यालय नुवाकोटले दैनिक सेवा प्रवाहको तालिका निर्माण गरेको छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै तालिका बनाइएको प्रमुख जिल्ला अधिकारी झंक ढकालले बताए। तालिका अनुसार आइतबार र बुधबार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेस्वर गाउँपालिका, सोमबार र बिहीबार बेलकोटगडी नगरपालिका, तारकेस्वर, म्यागङ र किस्पाङ गाउँपालिका, मंगलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिका तोकिएको छ।

Advertisement

प्रतिक्रिया