नुवाकोटमा एकैदिन सात जना कोरोना संक्रमित थपिए,सचेत रहन आग्रह
नुवाकोट । नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ ।
यस अघिका संक्रमितको ‘कन्ट्रयाकट्रेसिङ्ग’को क्रममा सात जनाको भाइरसको संक्रमण फेला परेको हो ।स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
यो सहित नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जना उपचार गरिरहेका छन् । पाँच जना नुवाकोटमै र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आज फेला परेका सबै सातै जनालाई नुवाकोटकै अस्पतालमा राखेर उपचार गरिने छ । आज एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ ।
नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएपनि संक्रमणको बढ्दो संख्या र शलीसंगै पूर्ण लकडाउन हुनसक्ने अनुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया