रसुवाको गोसाईकुण्ड गाउँपालिकाको ​नीति तथा कार्यक्रम सार्वजनिक

विदुर खबर २०७५ असार ३२ गते १:३९

रसुवा,  रसुवाको गोसाईकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम शनिबार सार्वजनिक गरेको छ । यहि असार २५ गते पारित भइसकेको वजेट, नीति तथा कार्यक्रमको पत्रकार, कार्यलय प्रमुख र सरोकारवाला निकायका बीच शनिबार जानकारी गराएको हो ।

Advertisement

गाउँपालिकाले आगामी वर्षका लागि २७ करोड ७४ लाख २७ हजार वजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा करिब ४० लाख आन्तरिक राजश्व उठ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा १९ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य थियो । गाउँपालिकाको तेस्रो गाउँसभाले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

गाउँपालिकाको नाम परिवर्तन गर्ने, ऐन तथा कार्यविधि स्वीकृत गर्ने, सरकारले निर्धारण गरेको पोसाक लगाउनका लागि अस्थायी तथा करारका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउने, गाउँपालिकाको पहिचानको लागि गाउँपालिकाको छ्ट्टै लोगो निर्माण गर्ने लगायतका निर्णय गरिएको छ ।

Advertisement

प्रतिक्रिया