नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो, लिखुमा एक थपियो
विदुर खबर
२०७७ साउन २२ गते १९:१०

नुवाकोट। नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।
वीर अस्पताल काठमाडौंमा पिसिआर परीक्षणको क्रममा लिखु गाउँपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेले जानकारी दिए। संक्रमित बिरामीलाई जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ भने अन्य आइसोलेशनमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हालसम्म नुवाकोटमा ३६ जनाले कोरोनालाई जितेर निको भइ घर फर्केका छन् । अहिले जिल्ला अस्पताल त्रिशुलीमा ५ जना र काठमाडौंस्थित अस्पतालहरुमा ५ जना आइसोलेशन वार्डमा उपचारत रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया