आजदेखि सवारी साधनमा जोर-बिजोर लागू
विदुर खबर
२०७७ साउन २२ गते ११:३५

नुवाकोट । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी जोर बिजोर प्रणाली लागु गरेको छ ।
उपत्यकाभन्दा बाहिर पनि २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागु गरिने गृह मन्त्रालयले जनाएको छ ।बुधबार रातीएक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ । पत्रकार बैंकका कर्मचारी लगाएतलाइ भने जाेरबिजाेर लागु हुने छैन ।
आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।
बिज्ञप्ति हेर्नुहोस्…
Advertisement
सम्बन्धित
प्रतिक्रिया