कोरोना संक्रमित भेटिएपछि नुवाकोटको विदुर र ककनीमा निषेधाज्ञा जारी

विदुर खबर २०७७ साउन २१ गते १५:३८

                                                                          जिल्ला प्रशासन कार्यालयको सुचना ।

विदुर । नुवाकोटको विदुर नगरपालिका र ककनी गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

विदुर र ककनी गाउँपालिकाका दुबै स्थानिय तहमा कोरोना संक्रमित भेटिएसँगै जिल्ला प्रशासन कायार्नलय नुवाकोटले दुबै स्थानिय तहमा बुधवार रातीदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

विदुर नगरपालिका वडा नम्बर ९ कोलनीकी एक महिला र ककनी गाउँपालिका वडा नम्बर ५ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै विदुर र ककनीमा निषेधाज्ञा जारी गरिएको छ । विदुर नगरपालिकाको सिल गरिएको स्थानहरुमा सुनचापको चौतारो, इन्टेक डिल,हात्तीगौडा र समारी दोभान रहेका छन् ।

Advertisement

त्यस्तै ककनीकने घमौले,पासाडल्हामु राजमार्ग,ककनी हाईट,स्काउट तालिम केन्द्र र सशस्त्र प्रहरी तालिम केन्द्र रहेका छन् । निषेधाज्ञा जारी गरेका स्थानहरुमा अत्याआवश्यक वाहेक सबै सवारी आवतजावतमा प्रतिबन्ध लगाइएको नुवाकोट प्रशासनले जनाएको छ ।

प्रतिक्रिया