कोरोना संक्रमित भेटिएपछि नुवाकोटको विदुर र ककनीमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालयको सुचना ।
विदुर । नुवाकोटको विदुर नगरपालिका र ककनी गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ ।
विदुर र ककनी गाउँपालिकाका दुबै स्थानिय तहमा कोरोना संक्रमित भेटिएसँगै जिल्ला प्रशासन कायार्नलय नुवाकोटले दुबै स्थानिय तहमा बुधवार रातीदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर ९ कोलनीकी एक महिला र ककनी गाउँपालिका वडा नम्बर ५ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै विदुर र ककनीमा निषेधाज्ञा जारी गरिएको छ । विदुर नगरपालिकाको सिल गरिएको स्थानहरुमा सुनचापको चौतारो, इन्टेक डिल,हात्तीगौडा र समारी दोभान रहेका छन् ।
त्यस्तै ककनीकने घमौले,पासाडल्हामु राजमार्ग,ककनी हाईट,स्काउट तालिम केन्द्र र सशस्त्र प्रहरी तालिम केन्द्र रहेका छन् । निषेधाज्ञा जारी गरेका स्थानहरुमा अत्याआवश्यक वाहेक सबै सवारी आवतजावतमा प्रतिबन्ध लगाइएको नुवाकोट प्रशासनले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया