​युवा उद्यम कार्यक्रममा रसुवाको न्यौपाने कुखुरापालन समुह छनौट

विदुर खबर २०७५ असार ३२ गते १:३६

रसुवा,  राष्ट्रिय युवा परिषद्ले सञ्चालन गर्ने युवा उद्यम कार्यक्रममा रसुवाको न्यौपाने कुखुरापालन समुह छनौट भएको छ । गत माघमा आवेदन खुला गरिएको कार्यक्रममा ७ ओटा युवा समुहले आवेदन दिएका थिए ।

Advertisement

पेश भएका समुहमध्ये  जिल्ला युवा समितिले मूल्याङ्कन गरेर छनौटका लागि तीन समुहको सिफारिस गरेको थियो । छनौट भएको समुहललाई पाँच लाख निकासा गरिएको समितिले जनाएको छ । जिल्ला युवा समितिले शनिबार पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रम बारे जानकारी गराएको हो ।

आवदेन दिनेमा नौकुण्डको ज्वालामुखी युवा उद्यम समुह, न्यौपाने कुखुरापालन समुह, कालिकाको बागबजार युवा समुह, ठुलोखेरिया कृषि फर्म प्रालि, सचेतना कृषि पशु तथा पक्षीं विकास केन्द्र, उत्तरगयाको भूमिदेवी आय आजर्न समुह र लालिगुराँस व्यवसायी फर्मले आवेदन दिएका कार्यालय प्रमुख बालकृष्ण सिंखडाले बताए । गत वर्ष कार्यक्रमका लागि एउटा पनि आवेदन नपरेपछि वजेट फ्रिज भएको थियो ।

Advertisement

प्रतिक्रिया