नुवाकोटमा झन्डै ९ सयभन्दा बढीको पिसिआर चेकजाँच
विदुर खबर
२०७७ साउन २० गते १७:२०

विदुर । नुवाकोटका ९ सयभन्दा बढीको पिसिआर चेकजाँच गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लाका ९ सय ९ जनाको पिसिआर परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ४३ जनामा कोरोना भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पिसिआर परिक्षण गरिएका मध्ये ८ सय १३ जनाको पिसिआर नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले बताए । पिसिआर गरिएकामध्ये ५३ जनाको पिसिआर रिर्पाेट आउन बाँकी रहेको उनको भनाई छ ।
त्यस्तै नुवाकोटका ३२ सय ९२ जनाको आरडिटि परिक्षण गरिएको कार्यालयको भनाई रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया