नुवाकोटको वेत्रावतिमा गाईजात्रा (फोटो फिचर)

विदुर खबर २०७७ साउन २० गते १३:३४

नुवाकोट । नुवाकोट र रसुवाको सीमाना बेत्रावती क्षेत्रका मंगलबार गाईजात्रा पर्व मनाइएको छ ।

Advertisement

कोरोना भाइरसका कारण जिल्लाका अन्य स्थानमा गाईजात्रा तथा लाखे नाच प्रदर्शन नभए पनि बेत्रावतीमा भने सञ्चालन भएको छ ।
परम्परालाई निरन्तरता स्वरुप छोटो समय गाईजात्रा गरिएको स्थानीयले बताएका छन् ।

स्थानीय कृष्ण मन्दिरमा विधिवत् रुपमा पुजापाठ, भजनकिर्तन, लाखे नाँच र गाईजात्रा गरि करिव एक घण्टामा कार्यक्रम सम्पन्न गरिएको कलाकार शशिकुमार डंगोलले जानकारी दिनुभयो ।एउटा मूल गाई र तीन वटा साधारण गाई निकालिएको थियो ।

Advertisement

संस्कृति लोप हुन नदिनको लागि स्थानीयमात्र भेला भएर छोटो समय जात्रा प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।

Advertisement

प्रतिक्रिया