नेपालका १५ हजारले कोरोनालाई जितेर घर फर्किए

विदुर खबर २०७७ साउन १७ गते १७:२७

विदुर । नेपालका झण्डै १५ हजार जनाले कोरानालाई जितेर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले गरेको नियमित पत्रकार सम्मेलनमा झण्डै १५ हजार जनाले कोरोनालाई जितेर घर फर्किएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जनाले कोरोनालाई जितेर घर फर्किएको बताए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार पुगेको छ ।

प्रतिक्रिया