नुवाकोटमा एकैदिन ५ जना कोरोना संक्रमित भेटिए, जिल्लामा संक्रमितको संख्या ४३ पुग्यो

विदुर खबर २०७७ साउन १६ गते १८:२६

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकेटका अनुसार शुक्रवार नुवाकोटका सात जनामा कोरो्ेना भाइरसको संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका विभिन्न ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटले शुक्रबार जनाए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि शिक्षक अस्पताल महाराजगञ्जबाट प्राप्त रिपोर्ट अनुसार पीपीआर परीक्षणबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको हो । विदुर नगरपालिका वडा नं.८ की एक २७ वर्षिया महिला, बेलकोटगढी नगरपालिकाका एक जना पुरुष वर्ष २७ को, शिवपुरी गाउँपालिकाको एक जना पुरुष वर्ष २४ को र पञ्चकन्या गाउँपालिकाका ३१ र २४ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

Advertisement

शिवपुरी र बेलकोटगढीका संक्रमितहरु काठमाडौंमा आइसोलेसनमा रहेका छन् भने विदुर र पञ्चकन्याका संक्रमितहरु त्रिशूली अस्पतालको आइसोलेसनमा रहेका छन् । अहिले काठमाडौंमा ३ र त्रिशूली अस्पतालमा ३ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । संक्रमितको अवस्था सामान्य रहेको छ ।

जिल्लामा रहेका कुल कोरोना संक्रममित मध्ये ३७ जनाले कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया