विदुर नगरपालिकामा कोरोना स्थानिय स्तरमा फैलियो,केही स्थानमा निषेधाज्ञा जारी

विदुर खबर २०७७ साउन १५ गते २०:४९

विदुर । विदुर नगरपालिका वडा नम्बर ८ मा कोरोना स्थानिय स्तरमा फैलिएपछि वडा नम्बर ८ का केही स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार वडा नम्बर ८ का २७ वर्षिय एक महिलमा कोरोना संक्रमण देखिएसँगै वडा नम्बर ८ का केही स्थानमा विहिवार राती १२ बजेदेखि अर्काे आदेश नआएसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको स्थानहरुमा पुर्वमा सुनाखेती चौतारा,पश्चिममा पिडालुबारी,उत्तरमा टाडे विसौना र दक्षिण्मा केउरेनी पन्चकन्या मन्दिर रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालयले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ख को ३ र संक्रमण ऐन २०२० को दफा २ अनुसार अर्काे आदेश नभएसम्म गाउँपालिकाको विभिन्न स्थानमा निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । निषेधाज्ञा जारी गरिएको समयमा अत्याआवश्यक वाहेकका सवारी साधन संचालनमा भने रोक लगाइएको छ ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । नुवाकोटमा रहेका १२ ओटा स्थानिय तहमध्ये सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा गाउँपालिकामा कोरोना संक्रमित रहेका छन् ।

यस्तो छ जिल्ला प्रशासनको निषेधाज्ञा जारी सम्बन्धि सुचना ।

Advertisement

प्रतिक्रिया