कोरोनाबाट बच्न नुवाकोट प्रहरीको सचेतनामुलक प्रर्दशन

विदुर खबर २०७७ साउन १५ गते १६:०५

विदुर । “समुदाय-प्रहरी साझेदारी अवधारणा” अन्र्तगत नुवाकोट प्रहरीले सचेतनामुलक प्रर्दशन गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएको तर माहामारीको प्रकोप भने कम नभएको भन्दै महामारीबाट बच्न अपनाउनुपर्ने सामान्य स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको बारेमा सम्पुर्ण जिल्लाबासीलाई सजक गराउनको लागि प्रहरीले सचेतनामुलक प्रर्दशन गरेको हो ।

लोकतान्त्रिकबाट शुरु भएको र्र्याली बट्टार बजार हुँदै हावाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सचेतनामुलक कार्यक्रममा माक्स नलगाई नहिँड्ने वटुवाहरुलाई माक्स समेत वितरण गरिएको थियो ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाड, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफरले, सशस्त्र प्रहरी गुल्म १९ का जनक सापकोटा, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया