नुवाकोटमा नियम विपरित भाडा असुल्ने साधन कारवाहीमा

विदुर खबर २०७७ साउन १३ गते १०:४०

नुवाकोट, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण गएको चैत्र ११ गतेदेखि जारी रहेको लकडाउन यहि साउन ६ गतेको मध्यरातदेखि खुला भएसँगै जिल्ला भित्र सार्वजनिक सवारीसाधन चल्न थालेको छ ।

Advertisement

दुई जना अट्ने सिटमा एक जना मात्र यात्रु राख्न र साविकको भाडादरमा ५० प्रतिशत मात्र बढाएर भाडा लिन नेपाल सरकारले अनुमति दिए पनि सार्वजनिक सवारी साधनहरु नियम विपरित सञ्चालन हुन थालेपछि कारवाहीको लागि प्रहरीले सक्रियता देखाएको छ । सोमबार प्रहरीले चेकजाँच गर्ने क्रममा नियम विपरित भाडा असुल्ने र यात्रु ओसार्ने सवारी साधन कारवाहीमा परेका छन् । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ तारुका चेकपोइन्ट स्थित गल्छी त्रिशुली सडकखण्डमा चेकजाँचको लागी खटिएको ट्राफिक सहितको टोलीले बा.१.य.१३३५ नं.को जम्बो हाईस माईक्रोबसलाई जरिवाना तिराई छाडिएको छ । उक्त माइक्रोबसले नियम बिपरित बढी यात्रुहरु गाडिमा सवार गराएको र वढी भाडा लिएको थियो ।

साविक भाडा एक सय रुपैयाँ मात्र भए पनि प्रतियात्रु ७ सय रुपैयाँ भाडा लिएकोले बाँकी रकम यात्रुलाई फिर्ता समेत गराइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । साथै उक्त माईक्रोबसलाई ट्राफिक नियमानुसार १ हजार ५ सय रुपैयाँ जरिवाना गराई छाडिएको हो ।यस्तै पसाङ ल्हामु राजमार्गको ३५ किलोमा बा.२ख.९८६६ नं.को बसले तोकिएको भन्दा बढी यात्रु ओसारपसार गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिएको थियो । उक्त वसलाई ट्राफिक नियमानुसार १ हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विकल भट्टराईले जानकारी दिनुभएको छ ।

Advertisement

यस्तै, जिल्लाको विदुर नगरपालिकाको विभिन्न स्थानहरुमा मास्क नलगाई हिडेका नागरिकहरुलाई समेत एक सय रुपैयाँ जरिवाना गराइएको छ । मास्क नलगाइ हिडेका ३८ जना नागरिकले जरिवाना तिरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भट्टराईले बताउनुभएको छ । साथै ३ सय ९० जनालाई मास्कको प्रयोग गर्न लगाएर छाडिएको बताइएको छ ।

 

Advertisement

प्रतिक्रिया