नुवाकोटको ५६ स्थान पहिरोको उच्च जोखिममा

विदुर खबर २०७७ साउन १० गते १७:१२

विदुर । मनसुन शक्रिय भएसँगै नुवाकोटको विभिन्न भागमा पहिरोको समस्या निम्तिन थालेको छ ।

Advertisement

वर्षभरिमा ८० प्रतिशत वर्षा मनसुन अवधि (साढे तीन महिना) मा हुने भएकाले पनि यो बेला पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने मौसम पुर्बानुमान महाशाखाले जनाएको छ । पहाडी भु संरचनामा १५ मिलिलिटर भन्दा माथी पानि परेमा पहिरोको उच्च जोखिम हुने भुगर्भ बिभागले जनाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार पहाडी संरचनामा भुकम्पले हल्लिएका जमिनमा भारि बर्सात भएसँगै पहिरोको स्वरुप लिन थालेको तथ्याङ्क छ । ईसिमोडले भुकम्प पछी प्रत्यक बर्ष जोखिमयुक्त स्थलको बिषयमा अध्ययन गरेको थियो ।

जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटका अनुसार पछिल्लो एक सातको अबधिमा जिल्ला भित्र ९ स्थानमा पहिरो गएको छ । अहिले गएका सबै पहिरोहरु भुकम्प लगत्तै भएको अध्यनमा जोखिमयुक्त भनेर तोकिएका स्थानहरु हुन् । २०७२ साल पछी जिल्ला भित्र गएका सबै पहिरोहरु जोखिम युक्त भनेर भुगर्भ बिदहरुले दिएको तथ्याङ्कमा छ । भूकम्पले बढी हल्लाएको र धाँजा पारेका स्थान अहिले पनि पहिरोको जोखिममा रहेका छन् । तत्कालिन समयमा नुवाकोटको ५६ स्थानमा पहिरोको साना ठुला जोखिमहरु रहेको तथ्याङ्क जिल्ला बिपद् ब्यबस्थापन समितिलाई दिएको थियो । अहिलेसम्म पनि ति स्थानहरु जोखिममा देखिएको बताइन्छ ।

Advertisement

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले भूकम्पलगत्तै विशेषज्ञ परिचालन गरी सबभन्दा बढी प्रभावित जिल्लाका बस्तीबारे विस्तृत अध्ययन गरेको थियो । अध्ययनले नुवाकोटको ५६ स्थानमा रहेका सयौंघर पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । यही आधारमा विज्ञहरूले तत्काल सतर्कता अपनाउन स्थानिय सरकारलाई सुझाएका थिए । तर ५ वर्षसम्म जोखिम पहिचान भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छैन ।

इीसिमोडको अध्ययन अनुसार नुवाकोटको किम्ताङ, बर्सुञ्चेत, घ्याङफेदी, सुर्यगढी, लच्याङ उर्लेनी लगायतका स्थानमा ठुलो पहिरो जान सक्ने छ । यि क्षेत्रमा २१ मिलिलिटर भन्दा बढि पानी एकै पटक परेमा ठुलो प्रकोप निम्तने अनुमान पोहोर देखिनै गरिदै आएको छ ।

Advertisement

नुवाकोट र रसुवाका बिभिन्न स्थानमा अहिले पनि भीमकाय पहिरो जाने तथा आसपासका नदीसमेत थुनिने र फुट्दा ठूलो धनजनको क्षति हुन सक्ने आँकलन गरेको छ ।

उक्त अध्ययनअनुसार रसुवाका लाङटाङ, गोलजुङ, राम्चे र डाँडागाउँ लगायतका ५० प्रतिशतभन्दा बढी घर धेरै जोखिममा छन् । रसुवाको मैलुङ, घ्याप्चे, राम्चे र लाङटाङ, टिमुरे लगायतका क्षेत्रमा बस्तीसँगै ठूला संरचना, विद्युत् आयोजनासमेत पहिरोको जोखिममा रहेको जनाएको थियो ।

मनसुनको अवधिमा भूकम्पले प्रभावित नदेखिएका उच्च पहाडी जिल्लाका बस्ती, सडक र भौतिक संरचनामा पनि पहिरो जान सक्ने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया