कोरोनाको कारण यो वर्ष गोसाइकुण्डमा मेला संचालन नहुने

विदुर खबर २०७७ साउन १० गते १६:४४

रसुवा । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेपछि गोसाइँकुण्ड मेला सञ्चालन नहुने भएको छ ।

Advertisement

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सञ्चालन हुँदै आएको मेला यो वर्ष सञ्चालन नगर्ने निर्णय भएको हो । मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजननिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्ण रूपमा सञ्चालन नभएको र पदमार्गमा अस्थायी थर्पु स्थापना गर्न समय नभएको कारणले मेला सञ्चालन नगर्ने निर्णय गरेको हो ।

गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा यो वर्ष गंगादशहरामा मेला सञ्चालन नभएको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताए । केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् ।

Advertisement

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । जि

ल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने गोसाइँकुण्डमा मेला भर्नका लागि वार्षिक हजारौं तीर्थयात्री जाने गरेका छन् ।

Advertisement

प्रतिक्रिया