वाग्मती प्रदेशमा एकै दिन ३२ पुल उद्घाटन

विदुर खबर २०७७ साउन ८ गते १२:२८

हेटौंडा । वाग्मती प्रदेश सरकारले २ वर्षमा ३२ वटा पक्की पुल निर्माण गरेको छ ।

Advertisement

भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाएका ३२ वटै पुलको बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयबाटै उद्घाटन गरे ।मकवानपुरको कैलाश गाउँपालिका–१० दुबोखोलामा २ करोड ५५ लाखको लागतमा पुल बनाइएको छ ।

मुख्यमन्त्री पौडेलले दुबोखोलामै पुगेर पुल उद्घाटन गर्ने कार्यक्रम रहे पनि बाढीपहिरोका कारण सम्भव नभएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए । २ वर्षमा बनाइएका ३२ वटा पुलको लागत ७३ करोड ६७ लाख रुपैयाँ छ । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा. सहदेव भण्डारीका अनुसार ललितपुर, सिन्धुपाल्चोक र काभ्रेमा ५/५ वटा पक्की पुल निर्माण गरिएको छ ।

Advertisement

यसै गरी चितवन, दोलखा र नुवाकोटमा ३/३, मकवानपुरमा २ र भक्तपुर, काठमाडौं, धादिङ, सिन्धुली र रामेछापमा १/१ वटा पुल बनाइएका छन् ।

प्रतिक्रिया