नुवाकोटको सुर्यगढीमा पहिलोपटक कोरोना संक्रमित भेटियो
विदुर खबर
२०७७ साउन ६ गते १७:५४

विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको छ ।
गाउँपालिकाका २३ वर्षिय पुरुषमा कोरोना संक्रमित भेटिएसँगै गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित देखिएका हुन् । त्रिवि शिक्षण अस्पतालमा गरिएको पिसिआर परिक्षमा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनलाई सशस्त्र प्रहरी वल कोभिड अस्पतालमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । यसअघि नुवाकोटका २६ जना कोरोना सं्रकमित निको भएर घर फर्किसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया