आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ साउन ४ गते १६:४०

काठमाडौं । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । आज ५८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म ११ हजार ६ सय ९५ जनाले कोरोना जितिसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै देशभर हालसमम कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया