सलहको अर्को झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना

नुवाकोट । असार २८ गते दाङमा देखिएको सलह प्यूठान हुँदै रोल्पा, रुकम लगायत पश्चिम उत्तरतर्फ अगाडि बढेको छ ।
दाङबाट छुटेका केही सलह भने नवलपरासीमा प्रवेश गरेको र हाल बेणी त्रीवेणी क्षेत्रमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो । त्यस्तै असार १३ र १६ गते नेपाल प्रवेश गरेको सलह बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा अहिलेपनि देखा परेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार उक्त मितिमा भारतबाट प्रवेश गरेको झुण्ड तितर वितर भएरको र केही अझैपनि संख्यामा उक्त जिल्लाहरुमा देखा परेको हो । भारतको उत्तर प्रदेशको सिमावर्ति क्षेत्रमा रहेको सलहका झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हावाको बहाव पश्चिमतर्फ वहने भएकाले उक्त झुण्डहरु नेपालको मध्य तथा पश्चिम तराई हुदै भारतको राजस्थान राज्यतिर प्रस्थान गर्नपनि सक्ने सम्भावना समेत रहेको जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया