निशुल्क रहेका बैंकिङ सेवामा अब शुल्क लाग्न सक्ने
विदुर खबर
२०७७ असार ३१ गते २१:०७
नुवाकोट । साउन १ देखि विद्युतीय कारोबारमा शुल्क लाग्ने भएको छ ।
लकडाउनको कारण गत चैत्रदेखि विद्युतीय कारोबारहरु निशुल्क रहेकोमा अब भने ति शुल्क लिने वा नलिने बारे बैंक तथा वित्तीय संस्थाले आफै निर्णय गर्न सक्ने भएका हुन् । नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसन र नेपाल वित्तीय संघले संयुक्त सूचना जारि गर्दै शुल्कबारे सम्बन्धित संस्थाले आफै निर्णय गर्ने जनाएका हुन् ।
यस सँगै अब यस अघि निशुल्क रहेका अन्तर बैंक एटिएम कार्ड सेवा, क्लियारिंग हाउसले प्रदान गर्ने सेवाहरुमा बैंकहरुले चाहेमा शुल्क लाग्न सक्ने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया